Thursday, May 26

टिकटकमा भाईरल मनु खड्काको सबैलाई रुवाउने कथा । श्रीमानले छोडेपछि डिप्रेशनमा गईन, दोस्रो बिहेबारे बोलिन (भिडियो हेर्नुस)

November 18, 2021 119

पुर्वान्चलकै पहिलो भेरिफाईट टिकटक युजर भनेर चिनिएकी मनु खड्का मिडियामा आएकी छिन् । टिकटकमा मनछुने लाईनहरुका साथमा अरुलाई उर्जा दिने र सुचना दिने भिडियोहरु बनाएर चर्चित भएकी मनुलाई हालसम्म १५ लाख माथिले फलो गरेका छन् । शिशिर भण्डारीसँगको कुराकानीमा मनुले आफ्नो टिकटक अनुभव सुनाउनुको साथै आफ्नो जीवन कथा पनि सुनाईन् । २ बर्षअघि टिकटक भिडियो बनाउन सुरु गरेकी मनुलाई अहिले धेरैले चिन्ने गर्दछन् । मनुले रमाईला र मनोरन्जनात्मक भिडियोहरु पनि टिकटकमा अप्लोड गर्ने गर्दछिन् । जसरी हरेक हाँसोको पछाडी कुनै दुख लुकेको हुन्छ भनिए जस्तै मनुको जीवनमा पनि अनेक उकाली ओराली छन् ।

आफ्नो श्रीमानबाट अलग्गिएर छोरीको साथमा रहेकी मनुले श्रीमान र परिवारसँगको टाढिनुको कारण पनि बताईन् । छोरीको साथमा आफु खुशी रहेको बताउँदै त्यहि पिडाहरुलाई आफुले टिकटकबाट सुनाउने गरेको बताईन् । टिकटकले आफुलाई हरेक दुख सुखमा साथ दिएको बताउँदै मनुले यसलाई दुखको औषधी पनि बताईन् । श्रीमानसँगको बिछोडको बारेमा मनुले खुलेर बताउँदै यस्तो भनिन् । भिडियो हेर्नुसकाठमाडौं : फुलकोर्ट बैठक बसेर गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका संशोधन गरेका न्यायाधीशहरू शुक्रबारबाटै इजलास फर्कने भएका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेसीका मुद्दा सुनुवाइ नगर्ने अडानमा रहेका न्यायाधीशहरू नियमावली र निर्देशिका संशोधन राजपत्रमा प्रकाशित नभए पनि शुक्रबारबाट इजलास फर्कन तयार भएका हुन् ।

गोलाप्रथा सुरू भएपछि सबै मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले शुक्रबारबाटै बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता र मिलापत्र सम्बन्धी रिट र मुद्दाको भने सुनुवाइ गर्ने भएका छन् ।

‘हामी अब बन्दी, मिलापत्र र मुद्दा फिर्ताका विवादमा भने इजलास बसेर सुनुवाइ गर्छाैँ । अन्य मुद्दामा भने राजपत्रमा सूचना आएर फुलकोर्टले गोला लागु गरेको दिनबाट मात्र मुद्दा हेर्छौँ,’ एक न्यायाधीशले न्युज कारखानासँग भने ।

यी विवादमा कानुन व्यवसायीको उपस्थिति नभए पनि आदेश गर्न मिल्ने भएकाले न्यायाधीशहरू तीन प्रकारका विवाद हेर्न सहमत भएका हुन् । उनका अनुसार यी मुद्दामा प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ हुने छैन भने प्रधानन्यायाधीशले राजपत्रमा सूचना प्रकाशनको प्रक्रियाअघि नबढाए पुनः यी विवादमा सुनुवाइ हुने छैन ।

इजलास फर्किएर मुद्दा सुनुवाइ थाल्ने बताए पनि नेपाल बार बहसमा नआउने भएकाले उनीहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ गर्ने निर्णय गरेका हुन् ।

‘राजपत्रको सूचनाअनुसार फुलकोर्टले गोलाबाट मुद्दा हेर्ने मिति तोकेपछि सबैखाले मुद्दा हेर्छौँ, तर प्रधानन्यायाधीश र बारबीच सहमति नभएसम्म जबरासँग इजलास सेयरिङ हुन्न,’ ती न्यायाधीशले भने ।

उनका अनुसार गोला लागु भएपछि कानुन व्यवायी बहसमा नआएपनि इजलास भने जाने विषयमा न्यायाधीशहरू एकमत छन् । तर, कानुन व्यवसायीबिना मुद्दा सुनुवाइअघि नबढ्ने भएकाले प्रधानन्यायाधीशले निकास नदिएसम्म सर्वोच्चमा नियमति सुनुवाइ भने प्रभावित हुनेछन् ।

प्रतिकृया दिनुहोस्