काठमाडौँ– काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्। रामदेवसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्।
बिहीबार नै दुई आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए। पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ।
भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
बिहीबार काठमाडौँ पुगेकै दिन रामदेव र आचार्य बालकृष्णले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।रामदेव र आचार्य बालकृष्णले अस्वस्थ्य रहेकी प्रचण्ड पत्नि सीता दाहाललाई पनि भेटेका छन् । यो भेटका तस्वीरहरु प्रचण्डकी छोरी ज्ञानु दाहालले फेसबुकमा सार्वजनिक गरेकी छन् ।
तस्वीरसँगै उनले लेखेकी छन्, ‘भारतीय योग गुरु एवं पतञ्जली योगपीठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्णले आज खुमलटार निवासमा अध्यक्ष कमरेड प्रचण्डसंग भेट गर्नुभएको छ यसै क्रममा उहाँहरुले आमा सिता दाहाललाई भेटी स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।’काठमाडौँ– काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्। रामदेवसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्।
बिहीबार नै दुई आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए। पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ।
भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
बिहीबार काठमाडौँ पुगेकै दिन रामदेव र आचार्य बालकृष्णले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।रामदेव र आचार्य बालकृष्णले अस्वस्थ्य रहेकी प्रचण्ड पत्नि सीता दाहाललाई पनि भेटेका छन् । यो भेटका तस्वीरहरु प्रचण्डकी छोरी ज्ञानु दाहालले फेसबुकमा सार्वजनिक गरेकी छन् ।
तस्वीरसँगै उनले लेखेकी छन्, ‘भारतीय योग गुरु एवं पतञ्जली योगपीठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्णले आज खुमलटार निवासमा अध्यक्ष कमरेड प्रचण्डसंग भेट गर्नुभएको छ यसै क्रममा उहाँहरुले आमा सिता दाहाललाई भेटी स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।’
प्रतिकृया दिनुहोस्