Thursday, April 22

सडक दुर्घटनामा परि एकैदिन दुई युवाको मृत्यु, एक घाइते, शोकमा डुब्यो देवदह

December 1, 2020 223

१६ मंसिर, देवदह । रुपन्देहीको देवदहमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।

गएराती देवदह–९ भलुहीमा खैरेनीबाट बुटवल तर्फ जाँदै गरेको लु १ च ६७५९ नम्बरको भ्यानले विपरीत दिशा तर्फ आउँदै गरेको लु ५७ प ९९१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक देवदह खैरेनीका १८ बर्षिय निरज ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी सवार बुटवल सुख्खानगरकी १८ बर्षिय नलिना भण्डारी घाइते भएकी छन। उनको बुटवलमा उप’चार भइरहेको छ । ठक्कर दिने भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै गत मंसिर १० गते बुटवल स्थित कालिकानगरमा भएको कार दुर्घटनामा परि गम्भीर घाईते भएका देवदह २ निवासी २८ बर्षिय बिपिन ज्ञवालीको उपचारका क्रममा गएराती मृत्यु भएको छ। बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी दुर्घटना भएको हो। ज्ञवालीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। हिजो राती उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुई युवाको सवारी दुर्घटनामा अकल्पनीय निधन भएपछी पुरै देवदह शोकमा डुबेको छ। कलकलाउदा युवा गुमाएको शोंकमा आज देवदह खैरेनीस्थित संचालनमा रहेका ब्यबसायसमेत बन्द गरिएको छ।

प्रतिकृया दिनुहोस्