Thursday, May 26

गायिकाले प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि… (भिडियोसहित)

November 20, 2021 372

अमेरिकाकी एक चर्चित गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि गरेको हर्कतले बबाल निम्तिएको छ गायिकाको चौतर्फी आलोचना भइरहेको छ । अब गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतीका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरिदिइन् । उक्त भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।

न्युयोर्क पोस्टको एक रिपोर्ट अनुसार गायिका सोफिया उरिस्ताले केही दिन अघि लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरिन् ।

सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किए र माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।

सोफिया उरिस्ताले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैलाई दुःख पु¥याउने नभएको बताइन् । उनले भनिन्, ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ । म कुनै चकित पारिदिने व्यवहारमार्फत् नभई आफ्नो सङ्गीतमार्फत् मानिसहरुको ध्यान आकर्षित गर्न चाहन्छु । जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’

यो पूरा मामिलामा गायिकाको ब्यान्ड ‘ब्रास अगेन्स्ट’ ले पनि माफी मागेको छ । ब्यान्डले आफ्नो एक बयानमा सोफिया असाध्यै धेरै उत्साहित भएको र यसबारे आफूहरुलाई थोरै पनि आशा नभएको बतायो । ब्यान्डले भनेको छ, ‘हामी बचन दिन चाहन्छौं कि तपाईंहरुले हाम्रो कार्यक्रममा यस्तो अब उप्रान्त हेर्नु पर्नेछैन । ’

माफी मागेपछि यो घटना पुनः चर्चामा छाएको छ । अब मानिसहरु यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।

नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हाे ।

नेपालमा पनि याे सूचकांक पाँच सयसम्म नाघ्ने गरेकाे छ ।

यद्यपि, शनिबार बिहान काठमाडाैंमा पिएम-२‍.५ काे मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जाेशीले काठमाडाैंमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएकाे बताए ।

दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौं रहेको छ ।

नेपालका यी सहर रेडजोनमा

नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ ।

शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । पिएम२.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ । धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।

प्रतिकृया दिनुहोस्