Thursday, May 26

अब फेसबुकमा बोलेरै ६० लाख रूपैयाँसम्म आम्दानी गर्न सक्ने

November 21, 2021 62

काठमान्डौँ। गत जुलाई महिनामा फेसबुक (हाल मेटा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सन् २०२२ को अन्त्यसम्म क्रिएटरलाई एक अर्ब डलर प्रदान गर्ने घोषणा गरेका थिए। तर त्यतिबेला उनले यसबारे थप विवरण खुलाएका थिएनन् । हालै द इन्फर्मेशनले बाहिर ल्याएको एक रिपोर्टअनुसार मेटाले प्रयोगककर्तालाई कुल एक अर्ब डलर प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत फेसबुककाे लाइभ अडियो रुम गर्ने प्रयाेगकर्ताले ५० हजार डलर (करिब ६० लाख रूपैयाँ) सम्म आम्दानी गर्न सक्ने भएका छन् । पछिल्लो समय क्लब हाउसले बजार लिइरहेको सन्दर्भमा फेसबुकले आफ्नो अडियो रुम प्रयोगकर्तालाई लक्षित गर्दै यो योजना ल्याउन लागेको हो ।याे याेजनाबाट एक क्रिएटरले १० हजारदेखि ५० हजारसम्म डलरसम्म कमाउन सक्नेछन् ।

यसका लागि क्रिएटरले कम्तिमा आधा घण्टाका चारदेखि छ वटा सेसन होस्ट गर्नुपर्ने हुन्छ । फेसबुकले गत असारमा मात्रै लाइभ अडियो रूम र पोडकास्ट सेवा सुरु गरेको थियो । साथै मेटाकै फोटो शेयरिङ एप इन्स्टा ग्रामले पनि रिल पोस्ट गर्ने क्रिएटरलाई ३५ हजार डलरसम्म दिने भएको छ गुठिचौर गाउँ पालिकाले सबै वडाका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिकाले ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता वितरण गर्न लागेको हो । चालु आर्थिक वर्ष देखि सुरु गरिएको कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘रकम अपुग भए अन्य शीर्षकबाट उक्त भत्ता उपलब्ध गराइनेछ,’ गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भने, ‘विदुर पुरुषहरूलाई जीविकोपार्जनमा समस्या भएको देखिएपछि यो निर्णय लिएका हौं ।’

गाउँपालिकाले विदुर भत्ता दिने निर्णयले उत्साह मिलेको स्थानीय कमानसिंह विकले बताए। ‘समाजमा एकल पुरुष पनि साहराविहीन छौं,’ उनले भने,‘यो भत्ताले थोरै भए पनि राहत दिने विश्वास छ।’ छोराबुहारीले घरबाट निकालेपछि उनले ७ वर्षदेखि आफन्तको घरमा बसेर मजदुरी गरी जीविकोपार्जन गरिरहेका छन् ।

सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि एकल पुरुषलाई नदिँदा उनीहरू सहारा विहीन बनेपछि भत्ता दिन बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत मदन देव कोटाले बताए । अहिले गाउँपालिका ले एकल पुरुषहरूको तथ्यांक संकलन गर्न थालेको छ ।

प्रतिकृया दिनुहोस्