Monday, September 27

अब निषेधाज्ञा पालना नगर्नेलाई एक वर्ष कै द, मास्क नलगाउनेलाई पनि जरिवाना

May 25, 2021 146

काठमाडौ । निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कै द, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै को भिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने बताएको हो ।

प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कै द वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ । यसै गरि अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने छ

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना हुने बताइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनले जनाएको छ ।

यसै गरि त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने छन् । अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने जारी सूचनामा उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्