Friday, April 23

काठमान्डूमा हुनु भएकाहरुलाई आयो अत्यन्तै डरलाग्दो खबर,कृपया ढिलो हुनुभन्दा अगाडी पढ्नुहोला

December 2, 2020 211

काठमाडाैं । काठमाडौँ उपत्यकामा कोरोनाले भयावह स्थिति आउने संकेत देखिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको छ। योसँगै कोरोना सं’क्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना सं’क्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना सं’क्रमितको संख्या १ लाख ११ हजार ८०२ थियो ।पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना सं’क्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ रहेको थियो ।मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ६४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृ’त्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्