Thursday, April 22

यी हुन् प्रेम विवाहमा बाधक बन्ने ४ ग्रह, ज्योतिषका यी उपायले बनाउँछ प्रेम विवाह सफल

December 2, 2020 171

काठमाडौँ । यदि कसैको प्रेम विवाह सफल भएन भने उसको कुण्डलीमा ४ ग्रह कमजोर भएको हुनसक्ने आशंका हुन्छ । यी ४ ग्रह शुक्र, बृहस्पती (गुरु), बुध, र राहु हुन् ।

यसमध्ये शुक्र कमजोर भएमा व्यक्तिको कामुक र प्रेम भावना कमजोर हुने गर्दछ । त्यहि बृहस्पती (गुरु)कमजोर भएका व्यक्तिको वैवाहिक जीवनमा खुसी हराएर जान्छ । त्यस्तै यदि बुध कमजोर भएमा विवाहमा धोका हुने सम्भावना हुन्छ ।

त्यसैगरी कमजोर राहु भएकाहरुले वैवाहिक जीवनमा कल्पना र भ्रममा बाच्ने गर्दछन् । यस्तो स्थितीले प्रेम विवाहमा बाधा उत्पन्न गराउँछ । त्यसैले यसबाट बच्न ज्योतिष शास्त्रमा केहि उपाय अपनाउनु पर्दछ ।

ज्योतिषका यी उपायले बनाउँछ प्रेम विवाह सफल
– दैनिक बिहान सूर्यलाई जल अर्पण गर्नुहोस् ।

– हरेक बिहान अनिवार्य गायत्री मन्त्रको जप गर्नुहोस् ।

यो पनि पढ्नुहोस
घरमा यो विरुवा रोप्नुहोस्, चुम्बक जसरी तान्छ धन

सबैका प्रिय हुन्छन् यी दुई राशीका व्यक्ति, जसले गर्छन् सबैको दिलमा राज

– शुक्रबार र पूर्णिमाका दिन अनिवार्य व्रत राख्नुहोस् ।

– शुक्रवार पारेर साना कन्याहरुको आशीर्वाद लिनुहोस् ।

– शुक्र, बृहस्पती, बुध, राहुको शान्तीको उपाय गर्नुहोस् ।

– कुण्डलीमा पञ्चम भाव र पञ्चमेश बलियो बनाउनु पर्दछ ।

– कुण्डलीमा सप्तम भाव र सप्तमेशलाई मजबुत पार्नु पर्दछ ।

– ज्योतिषको सल्लाहमा पन्ना वा पुखराज धारण गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्