Wednesday, June 16

सार्वजनिक बसमा नयाँ नियम लागु ! छायो देशैभर खुसियाली !

May 25, 2021 348

Breaking News : सार्वजनिक बसमा नयाँ नियम लागु !सरकारले चाल्यो यस्तो कदम, सार्वजनिक बसमा नयाँ नियम लागू ! काठमाडौं, सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अनिवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ । महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्वजनिक सवारीमा भाडादर टाँस्ने काम गरिहेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ ।

यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्नेछ । अनि जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ ।

बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ । तथापि, उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिने छ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ । खगोलविद्ह‍रूका अनुसार हरेक अढाई वर्षमा एकपटक चन्द्र ग्रहणको बेला रातो चन्द्रमा देखिन्छ ।

सुपर मुन यस्तो खगोलीय घटना हो जहाँ चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँछ । सोही कारण चन्द्रमा अन्य समयमा भन्दा ठूलो आकारको र १४ प्रतिशत धेरै चम्किलो देखिन्छ । त्यसलाई पेरिगी मुन पनि भनिन्छ । चन्द्रमा वा कुनै पनि प्राकृतिक उपग्रहहरू पृथ्वीको सबैभन्दा नजिक आएको अवस्थालाई पेरिगी भनिन्छ भने सबैभन्दा टाढाको अवस्थालाई अपोगी भनिन्छ ।

प्रतिकृया दिनुहोस्