Wednesday, June 23

अन्त्येष्टिपछि को’रोना संक्रमण पुष्टि : मलामी गएका दर्जन बढी बिरामी, स्थानीयमा त्रास

May 25, 2021 175

दमौली : दुई दिनअघि ज्वरो आएर बिरामी परेपछि भानु १ साँखे टारकी करिब २५ वर्षीया महिला पुरनडिहीस्थित नगर अस्पतालमा भर्ना भइन् । अस्पतालमा अवस्था सुधार नभएपछि दमौली अस्पताल ल्याएर उनको एक दिन उपचार गरियो । तर पनि अझै अवस्थामा सुधार नआएको भन्दै दमौली अस्पतालले उनलाई पोखरा रिफर गर्‍यो।

पोखरा जाने क्रममा बाटोमा एम्बुलेन्समै सोमबार साँझ ती महिलाले प्रा’ण त्या’ग गरिन् । पुरनडिही र दमौली अस्पताल दुवैमा गरिएको परीक्षणका क्रममा महिलाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएको थियो। तर पनि कोभिड हुनसक्ने आशंकाका बीच उनको पीसीआर नमूना परीक्षणका लागि पोखरा पठाइयो। बाटोमै ज्या’न गएपछि आफन्तले भानु १ को घा’टमै ल्याएर राति अन्त्येष्टि गरे।

अन्त्येष्टि पछि को’रोनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि श,व अ’न्त्येष्टिमा खटिएका झन्डै २५ जना चिन्तित भएका छन्। आफन्तले भानु १ को घाटमै ल्याएर राति अन्त्येष्टि गरेको जानकारी पाएको भानु नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनले भने, ‘रिपोर्ट अन्त्येष्टि भए पछि मात्र आएको कुरा छ । नेगेटिभ नै ठानेर आफन्तले आफ्नै तरिकाले अ’न्त्येष्टि गरेको बुझेको छु ।’

उनले अब अन्त्येष्टिमा खटिएकाको पनि पीसीआर परीक्षण गरिनुपर्ने उनले बताए । पोखरा लगिएकी ती महिलाको बाटोमा ज्या’न ग’एपछि आफन्तले एम्बुलेन्स नै घा’टमा लगेर अन्त्येष्टि गरेका थिए । अ’न्त्येष्टिमा सहभागी केही बिरामी परेका छन् । स्थानीय राजेश कार्कीका अनुसार झण्डै १२ जना ज्वरो आएर बिरामी परेका छन् । उनीहरु घरमै आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार मलामी गएकाहरु पीसीआर परीक्षण गराउन समेत गएका छैनन्। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्