Saturday, January 22

भोलिदेखि विद्यालय अनिश्चितकाललाई बन्द !!

December 2, 2021 194

काठमाडौँ : भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ ।

तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन् । दिल्लीमा सञ्चालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ ओटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

दिल्लीको वायु गुणस्तर सूचांक खतराभन्दा माथिको तहमा पुगेको छ । सहरका विभिन्न भागको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सय नाघेको छ । सामान्यतया शून्य देखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ ।

दीपावलीदेखि दिल्लीको आकाश धुलो र धूँवाले ढाकेको थियो । उद्योग तथा सवारी साधनहरूबाट निस्किएको धुँवा, धुलो, र सुख्खा मौसमका कारण दिल्लीमा प्रदूषण बढेको विज्ञहरुले बताउँदै आएका छन् । हरेक वर्ष हिउँद लागेसँगै भारतका विभिन्न सहरमा प्रदूषण बढ्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्