Saturday, June 12

गर्मी भएर तीन वर्षकी छोरी लिएर आँगनमा बसेकी थिइन् चन्द्रा, एकै छिनमा भयो दुवै जनाको मृत्यु

May 25, 2021 196

काठमाडौ । बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीले आमाछोरीको ज्यान लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले आमा छोरीको ज्यान लिएको हो । सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । गम्भिर घाइते भएकी उनकी तीन बर्षीया छोरी दिपिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

गर्मी भएका कारण सोमबार साँझउनीहरु घर बाहिर बसेका थिए । त्यही बेलामा आएको हात्तीले आ क्र म ण गरेको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले बताए । उपचारका लागि लैजादै गर्दा ३ वर्षकी छोरीको मृत्यु भएको थियो ।

गर्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले ज्यान लिएको हो । इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ ।काठमाडौ । बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीले आमाछोरीको ज्यान लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले आमा छोरीको ज्यान लिएको हो । सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । गम्भिर घाइते भएकी उनकी तीन बर्षीया छोरी दिपिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

गर्मी भएका कारण सोमबार साँझउनीहरु घर बाहिर बसेका थिए । त्यही बेलामा आएको हात्तीले आ क्र म ण गरेको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले बताए । उपचारका लागि लैजादै गर्दा ३ वर्षकी छोरीको मृत्यु भएको थियो ।

गर्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले ज्यान लिएको हो । इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ ।

प्रतिकृया दिनुहोस्