Saturday, January 22

उडेको केही बेरमै यात्रुको आकासमै मृत्यु भएपछि फर्काइयो जहाज

December 5, 2021 119

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनस् नयाँ दिल्ली फर्किएको छ ।

जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । ‘मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ , ‘ एयर इन्डियाका एक अधिकारीले भने ।

विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृ त घोषित गरेको थियो । मृ त भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ । शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।

यो पनि, अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनीहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् । वार्तामा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उनले जानकारी दिइएको छ ।काठमाडौँ । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनस् नयाँ दिल्ली फर्किएको छ ।

जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । ‘मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ , ‘ एयर इन्डियाका एक अधिकारीले भने ।

विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृ त घोषित गरेको थियो । मृ त भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ । शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।

यो पनि, अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनीहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् । वार्तामा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उनले जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्