Thursday, May 6

कोरोना संक्रमणपछि घरमै बसेकी ३६ वर्षीया महिलाको एक्कासी मृत्यु

December 3, 2020 214

काठमाडौं । कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका झापाकी ३६ वर्षीया महिलाको मंगलबार एक्कासी स्वास्थ्यमा समस्या भएको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कोरोना संक्रमण भएपछि घरमै बेसारपानी खाएर बसेकी उनको स्वास्थ्यमा हिजो एक्कासी समस्या देखिएको थियो । सोमबार कोरोना पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा थिइन् । होम आइसोलेसनमा बसेकी उनको मंगलबार एक्कासी स्वास्थ्यमा समस्या देखिएको थियो । आफन्तले उपचारका लागि विराटनगर लैजाने प्रयास गरे पनि सफल नभएको बताएका छन्।

प्रतिकृया दिनुहोस्