काठमाडौ । पूर्व खानेपानीमन्त्री बिना मगरले मातातिर्थ औंसीको अवसरमा सीता दाहालसँगैको तस्बिर राखेर एक भावुक स्टाटस लेखेकी छिन ।
उनले लेखेकी छिन ‘एकजना नेतृत्व कमरेडले मलाई सम्झाउदै भन्नु भथ्यो “बिना सिता भाउजु फरक प्रकृतिको महिला हो । स्वभाबजन्य समस्याहरू छन् । उहॅाको छुच्चोपनमा तपाई त्यो घर टिक्न सक्नु हुन्न इत्यादी इत्यादी‘।” मेरो दिमागमा यस्ता इत्यादी रेडिमेड धारणाले घर गर्यो क्यारे केहि सकस महसुस हुन्थ्यो मलाई । जब समयले मलाई तपाईको सामिप्यमै रहेर बुझ्ने अबसर जुरायो ।
आज म सगर्बकासाथ भन्छु कसैको सासु वा आमा मात्र नभएर बर्गियमुक्ति आन्दोलनको एउटा प्रेरणादाइ नेतृत्व हो तपाई,क्रान्तिकारी सोचसंगै बिद्रोही स्वभाव तपाईको पहिचान हो।अझै भन्नपर्दा जनयुद्दको अदृष्य खम्बा हो तपाई।सतहि दृष्टिमा सृजित धारणा र बास्त बिकतामा धेरै अन्तर हुदोरैछ मम्मी। तपाई मेरो आदर्श हो,तपाई मेरो अबिभावक,मेरो प्रेरणा,मेरो बिश्वास,मेरो जिन्दगी जिउने आधार हो मम्मी।
माहामारीको चपेटाले देशमा विकराल स्थिती सृजना भैरहदा हामी पनि अछुतो रहन सकेनौ। को’रोना भा’ईरसले गाजेको शरिरमा सासै रोकिन्छ की जस्तो भो ।अझ पिडा त छोरो प्रणबको ज्वरो नघट्दा भो अहिले हामी ठिक छौ । सामाजिक संजल भरी छरिएका श्रदा’न्जली शब्दहरुले मुटु पोल्दोरहेछ।
मातातिर्थ औंसीमा तपाईसंग हामी आमा छोरो हुदैनौ यसपाली। तेसैले फेसबुकको सहारामै भएपनि मातातिर्थ औंसीको शुभकामना मम्मी। साथै मेरो आमा अनि देशको सम्पुर्ण आमाहरुमा मातातिर्थ औंसीको धेरै धेरै शुभकामना ।।।
प्रतिकृया दिनुहोस्