Friday, April 23

जंगलमा भेटिएको बन्दुक पड्किएर उदयपुरमा वन रक्षकको मृत्यु

December 3, 2020 274

उदयपुर । भरुवा बन्दुक पड्किएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरी दुहवी घर भएका ४६ वर्षीय लेखनाथ बास्तोलको बुधबार राती मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले बुधबार गस्तीमा निस्किएका बेला भरुवा बन्दुक फेला पारेर गाडीमा ल्याएकोमा गाडीबाट निकाल्ने क्रममा उक्त बन्दुक पड्किएर वन रक्षक बास्तोलाको मृत्यु भएको बताए । एसपी दाहालले भने, ‘जंगलमा चोरी निकासी भइरहेको जानकारी पाएपछि बुधबार राती ६ जनाको टोली गस्तीमा गएको थियो । चोरी निकासी गर्न जानेले वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक छोडेर भागेछन् । उक्त बन्दुक गाडीमा ल्याएकोमा गाडीबाट निकाल्ने क्रममा बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि अचानक पड्किएर बास्तोलाको छातीमा छर्राले लागेर मृत्यु भएको हो । यस सम्बन्धी थप अनुसन्धान गरिरहेका छौँ ।’

वन्यजन्तुको चोरी सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फालेर भागेको एसपी दाहालको भनाई छ ।

प्रतिकृया दिनुहोस्