Tuesday, June 15

बधाई छ ८६ वर्षीया ‘माइली आमा’ले जितिन् को’रोना,,

May 26, 2021 195

प्रकाश बराल बागलुङ — ‘माइली आमा’ उमेरले ८६ वर्ष लागिन् । यो उमेरसम्म बिरामी भएर अस्पताल भर्ना भएकी थिइनन् । अहिलेसम्म रोग पनि लागेको छैन । को’रोना सं’क्रमणले भने उनलाई छाडेन । तर पनि साहस र विश्वासले घरमै बसेर उनले कोरोना जित्न सफल भइन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरकी मतिकला आचार्यले २ साताको होम आइसोलेसनबाटै संक्रमण जित्न सफल भएकी हुन् । गाउँमा उनलाई सबैले ‘माइली आमा’ भनेर चिन्छन् । उनले को’रोना जितेको देखेपछि अन्य सं’क्रमितमा हौसला थपिएको छ । ‘गाउँभरि कोरो’ना फैलिएको छ भनेर जाँचियो, रोग लागेको छ भनेर डाक्टरले भने,’ उनले भनिन्, ‘मलाई केही भएको थिएन, छुट्टै बसें, निको पनि भएँ ।’ दैनिक तातोपानी र अरू दिनभन्दा धेरै खाना खाएर कोरो’ना जितेको उनको भनाइ छ । उनमा श्वासप्रश्वासमा समेत समस्या नभएको आचार्यका नाति अरुणले बताए । आत्मबल नै कोरोनाको

मुख्य उपचार रहेको आमाले बताइन । उनले जीवनमा बिफर, औलोलगायत धेरै महामारी भोगेको बताइन् । कहिले झाडापखालाले गाउँका धेरै बिरामी परे । कतिको ज्यानै गयो । ‘त्यतिबेला पनि धेरै समस्या भएको थियो, घरघरै बिरामी हुन्थे, निस्कनै सकेका थिएनौं,’ उनले पुराना दिन स्मरण गर्दै भनिन्, ‘म भने बिरामी परेकी थिइन ।’ बरु त्यतिबेला पनि बिरामीको स्याहार गरेको उनले बताइन् । वर्षौंदेखि खरानी र माटोले मिचीमिची हात धुँदै आएकी छन् । साबुनपानी र सेनिटाइजर प्रयोग गरेको उनको पहिलो अनुभव हो ।

वैशाख ६ गते उनको पीसीआर गरिएको थियो । १० गते आएको रिपोर्टले संक्र’मण देखायो । उनका छोरा ५५ वर्षका डिल्लीप्रसाद पनि संक्रमित थिए । वैशाख २० सम्म आइसोलेसनमा बस्न भने पनि उनी २४ गतेसम्म बसिन् । बरु छोरा डिल्लीप्रसाद बिरामी भए । श्वासप्रश्वासको समस्या आयो । खाना नरुच्ने, स्वाद थाहा नपाउने र शरीर दुख्ने लक्षण देखिए । छिमेकी स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि खाएर घरमै बसे । यो खबर प्रकाश बरालले लेखेका ई कान्तिपुर मा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्