Saturday, April 17

वैज्ञानिकले ३० सेकेन्ड मै कोरोना भाइरस नष्ट गर्ने विधि पत्ता लगाए

December 3, 2020 169

एजेन्सी । मुख कुल्ला गर्ने पदार्थ(माउथवास)ले केही क्षणमा नै कोरोना भाइरस नष्ट गर्नसक्ने देखिएको छ । ल्याबमा गरिएको एक परीक्षणमा उक्त नतिजा देखिएको वैज्ञानिहरूले उल्लेख गरेका छन् ।

युरोपियन मुलुक वेल्सको कार्डिफ युनिभर्सिटिका वैज्ञानिकहरूले कोरोना भाइरस नष्ट गर्न माउथवासको प्रयोग गरेको र नतिजा अत्यन्तै सकारात्मक देखिएको उल्लेख गरेका छन् ।

वेल्सको युनिभर्सिटि हस्पिटलका कोरोना संक्रमितहरूमा यो विधि परीक्षण गर्न लागेको बेला यो रिपोर्ट सार्वजनिक भएको हो ।

यस परीक्षणमा सहभागी डाक्टर निक क्लाइडनले यदी यो विधि सफल भएमा माउथवास मानिसहरूको एउटा महत्वपूर्ण दैनिकी हुने उल्लेख गरेका छन् ।

यो विधिको पूर्ण परीक्षण भने हुन बाँकी नै रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्