अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ। उनीहरु मंसिर २२ गते विवाह गर्न लागेका हुन्।
श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनीहरुले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेका थिएनन्। तर‚ उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्ड अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।
अभिनेत्री खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर, विवाहको एक महिनापछि साउन २५ गते श्रीकृष्णको निधन भयो। श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन्।
नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।
स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।
प्रतिकृया दिनुहोस्