डा. गोविन्द केसी कोरोना संक्रमण मुक्त

December 3, 2020 264

काठमाडौँ । डा. गोविन्द केसी कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित भएका डा. केसी २१ दिनपछि कोरोना संक्रमण मुक्त भएको उनका सहयोगी प्रितम सुबेदीले जानकारी दिएका छन् ।

संक्रमण मुक्त भएसँगै डा. केसी शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डा. केसीलाई कार्तिक २७ गते गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । डा. केसीलाई कार्तिक २८ गते शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरेर उपचार गरिएको थियो

प्रतिकृया दिनुहोस्