Friday, April 16

खुल्ने भयो सवारी चालक अनुमतिपत्र लाइसेन्स को ट्रा’यल परीक्षा

December 3, 2020 247

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइन मार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।

तर, अनलाइन फारम तथा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने स्वयम् प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात कार्यालयहरुको स्वःअधिकार हुने विभागले जनाएको छ । ‘नयाँ लाइसेन्सको आवेदन खुल्ला गर्ने,परीक्षा सञ्चालन गर्ने र यातायात सम्बन्धी नवीकरण, दर्ता लगायतका अधिकार विभागले सम्बन्धीत प्रदेशहरुलाई नै दिइसकेको छ ।

थप अन्योलताका बीच हामीले कोभिड–१९ पछि आवेदन खोल्ने सम्बन्धमा प्रदेश कार्यालयहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाई खोल्न सकिने भनिसकेका । तर कहिलेबाट खोल्ने र कसरी खोल्ने भन्नेमा भने स्वयम प्रदेश सरकारहरुको स्वः विवेकको कुरा हो । यसका लागि तयारी अवस्थामा रहन विभागले सम्बन्धित प्रदेशलाई भनेका हौं’ यातायात व्यवस्थापन विभागका महानिर्देशक गोगनकुमार हमालले रातोपाटीसँग बताए

यस्तो आवेदन प्रक्रिया पुर्याएर स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर प्रदेश यातायात कार्यालयहरुले तत्काल खोल्न सक्ने महानिर्देशक हमालको भनाई छ । विभाग बाट यस्तो सूचना आएसँगै प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयहरुले नयाँ लाइसेन्स को प्रक्रिया अघि बढाउने भएका छन् । रातोपाटीमा खबर छ ।

प्रतिकृया दिनुहोस्