Saturday, April 17

झापा मेचीनगरकी उपमेयर उप्रेती चढेको गाडी जलाउने प्रयास

December 4, 2020 175

पाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी एक समूहले आज जलाउने प्रयास गरेका छन् ।

जलाउने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन् ।

गाडी जलाउन खोज्ने दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिइन् ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला आज अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् ।

‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचे’, उनले भनिन् । घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्