Saturday, June 19

काठमाडौंमा २० जेठसम्म थपियो निषेधाज्ञा

May 26, 2021 151

कोभि’ड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञा थप कडा पारिने भएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता नि’षेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी

प्रेमप्रसाद भट्टराईले बताए। १६ वैशाखमा शुरू भएको निषेधाज्ञा १३ जेठमा सकिँदै छ। कोभिड-१९ संक्रमण दर नघटेकाले निषेधाज्ञा थपिएको भट्टराईले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा १६ हजार ३३८, ललितपुरमा ७ हजार १५२ र भक्तपुरमा ४ हजार ९५३ सक्रिय संक्रमित छन्।

देशभरि ७५ वटा जिल्लामा नि’षेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
को’रोना संक्र’मण दर नघटेकाले निषेधाज्ञा थप कडा पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। उनका अनुसार, अब निर्माण कार्य पूर्ण रूपमा बन्द गरिनेछ।

त्यस्तै, काठमाडौं उपत्यकामा औषधि, दूध, तरकारी र खाद्यान्न पसलबाहेक अन्य पसल खोल्न पाइनेछैन। यसअघि खुद्रा पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। अब सबै बन्द गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।- हिमाल खबर बाट साभार।
सातो’लाने खबर !कोरोना ह्वात्तै बढेका बेला काठमाडौंमा अनौठो घट’ना, प्रहरी यसरि सफल भयो प’क्राउ गर्न !

काठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले एउटा टोली तयार पार्‍यो। सादा पोशाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो। काठमाडौंबाट विभिन्न जिल्ला जाने यातायातको टिकट काउन्टर, चालक तथा सहचालकको सुक्ष्म रूपमा अध्ययन गर्दा धेरै ठाउँमा यात्रुबाट बढी भाडा लिएको पाइएपछि प्रहरी त्यसविरूद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ‘हाम्रो अनुगमनमा यस्तोसम्म पाइयो कि लाग्ने भाडाभन्दा पाँच/छ गुनासम्म बढी भाडा लिएका थिए।’ यसको दरिलो उदाहरण काठमाडौं–बुटवलको भाडा हेर्दा पुग्छ। सामान्यतः छ-सात सय भाडाले पुग्ने बुटबलका लागि छ हजारसम्म लिएको पाइएको र पोखराको भाडा तीन हजार ५०० सम्म लिएको पाइएको छ। पोखरामा हवाइजहाजमा जाँदा समेत त्यति रकम तिर्नु पर्दैन।

केही अघि पक्राउ परेका पोखरा माइक्रोका कर्मचारी बन्दराज पराजुली, मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवालविरूद्ध अहिले कानुनी प्रक्रिया अघि बढिसकेको छ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्