कैलालीमा जन्ती बो’केको गाडी दु’र्घटना, दुलाहदुलहीसहित १३ जना घा’इते

December 4, 2020 223

एका बिहानै आ’यो दु’खद खबर : कैलालीमा जन्ती बो’केको गाडी दु’र्घटना, दुलाहदुलहीसहित १३ जना घा’इते

धनगढी – कैलालीमा विवाहको गाडी दुर्घटना भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गएराति ११ बजेतीर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी दुलाहदुलहीसहितका १३ जना घाइते भएका छन्। उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्। उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। सांकेतिक तस्बिर ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्