Saturday, April 17

जापानमा ३ जना नेपाली चढेको कार दु’र्घटनामा २७ वर्षीय युवक’को नि’धन २ जनाको अवस्था गम्भीर !

December 4, 2020 300

जापानको उत्तरी प्रिफेक्चर होक्काइदोको कितामी शहरमा तीन जना नेपाली चढेको कार दु’र्घटना’मा परे’को छ । कार दुर्घटना’मा परि एक नेपाली’को नि’धन भएको छ । निधन हुनेमा कारमा सवार २७ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । गम्भिर घा’इते भएका तामाङलाई अस्पताल लगिए पनि उपचार’को क्रम’मा नि’धन भएको हो ।

दुर्घटना कितामी शहरको राष्ट्रिय राजमार्गको ३९ रुट फुजिमा रुबेसिबे चो कितामी सि क्षेत्रमा भएको हो । कारमा दुई जना नेपाली महिला र नि’धन भएका तामाङ रहेका थिए । दु’र्घटनामा परि कारमा सवार अन्य दुई जना घा’इते भएका छन् ।

दुर्घटना डिसेम्बर ३ तारिख दिउँसो ३ बजेर ३० मिनेटको समयमा भएको थियो । कार सडक किनार देब्रेपट्टिको सडक चिन्हमा ठोक्किएर दु’र्घटनामा परेको बताइएको छ । नि’धन भएका तामाङ नाकासिबेचु चो योरोसिमा कार्यरत रहेका थिए ।

प्रहरीका अनुसार तीनै जना आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै थिए, जहाँ उनीहरूको घर रहेको बताइएको छ । दु’र्घटना’को समयमा सो क्षेत्रमा सडकमा हिउँ रहेको थियो । हिउँमा चिप्लिएरै कार दु’र्घटनामा परेको आशंका गरिएको छ । प्रहरीले कार कसरी चिप्लिएर दु’र्घटनामा पर्न गयो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मृ’तक तामाङसहित दु’र्घटनामा घाइते भएका नेपालीहरु’को वि’स्तृत परिचय तथा नेपालस्थित ठेगाना लगायत खुल्न बाँकी छ । घटना र विचार बाट साभार (फोटो गुगलबाट साभार गरिएको हो न्युजको लागि)

प्रतिकृया दिनुहोस्