Sunday, April 11

फेसबुके मायाले घर न घाटको बनायो

December 4, 2020 218

काठमाडौ । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ कि ताराले कहिल्यै पनि सोचेकी थिइनन्। सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घा’उ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन्।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए। मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए। तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भ’गा’एर लगे।

‘गत वर्षको फागुन ११ गतेको कुरा हो। ताराको घरमै आएर रमेशले घरका माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात त्यहीँ बसे। भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर तारासँग कर गर्न थालेपछि उनी नाइनास्ती गर्न नसकी झलारी बजारसम्म गइन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ। तिम्रो परिवार गरिब रहेछ। मेरा साथीभाइ बिहेमा आउन मान्दैनन्। तिमी जान्छ्यौ भने यहीँबाट हिँड, भा’गी विवाह गरौँ’, झलारी पुगेपछि रमेशले प्रस्ताव राखे। ‘वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला। राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ’, ताराले भनिन्।

त्यसपछि उनीहरु डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा जाए। एकरदुई महिना राम्रैसँग बित्यो। रमेशले पनि निकै राम्रो व्यवहार गरे। ‘जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना ज’ब’र्ज’स्ती औषधि खुवाई गर्भ प’त’न गराइयो’, उनले भनिन्। असुरक्षित तरिकाले गर्भ प’त’न गराउँदा र’क्त स्राव हुन थाल्यो ताराको र’क्त स्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो। उपचारपछि तारा निको भइन्,। दुवैजना माइती घरमा गए। ।

ताराको माइतीमा बस्दा झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश त्यसपछि फर्केनन्। ‘माइतीमै छाडेर भा’ग्नु’भयो। कता गएको खबर नै गर्नुभएन’, उनले गहँभरि आँशु खसाल्दै भनिन्।

तीन दिनपछि फोन उठाएका रमेशले फनमै ध म्की दिँदै भने, ‘तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै स म्ब न्ध छैन। मेरो घरमा आए पछि तेरो ला श हुन्छ।’

उनले त्यसपछिका अतीत खोतल्दै भनिन्, ‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ। केही सहारा थिएन। भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन। मार्ने ध म्की दिँदै आएकाले निकै मानसिक हिं सा सहनुपर्यो।’

ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैं’गि’क हिं’सा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताएकी हुन्। रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन।

उनी भन्छिन्, ‘कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो। भेट गराइदिनुपर्यो। सम्झाएपछि अपनाउने अझै विश्वास छ। म ऊ बिना बाँच्न सक्दिनँ।’

घर न घाटकी भएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेकी छन्। सेवा केन्द्रको सेफहाउसमा बस्दै आएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ।

‘प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन। प्रहरीमा उजुरी दिएको ६ महिना बितेको छ’, अधिकारकर्मी बिष्नादेवी पन्तले भनिन्, ‘भ गा’एर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ।

प्रतिकृया दिनुहोस्