Saturday, January 22

नापी कार्यलयका कर्मचारीले छोरी उमेरको दुलाही भित्र्याएपछि सारा चकित

January 3, 2022 135

नापी कार्यलयका कर्मचारीले छोरी उमेरको दुलाही भित्र्याएपछि सारा चकित

पाँचथर, १८ पुस । पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन् ।आइतबार सामाजिक संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका हुन् ।

हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ । जसमा दुलाह भने डिल्लीराम मुखिया भनिएको छ । नवविहाहित युवतीको भने परीचय खुलाइएको छैन ।
डिल्लीराम मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ ।उनको नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले ‘युवा पूरुष मर’ भनेका छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन् ।

उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको छ ।

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

प्रतिकृया दिनुहोस्