Thursday, October 6

यसरी ख;;स्यो बस, बाबाको म;लामी गएका छोरा सहित ८ जनाको पनी मृ;;त्यु

January 4, 2022 129

रुपन्देही।अर्घाखाँचीको मालारानी वडा नं २ कुभिण्डे घर भइ बुटवल उपमहानगरपालिका वडानं १७ को रानीगन्जमा बस्दै आएका ६८ वर्षीय वीरबहादुर बिकको शनिबार राती नि’धन भयो। वीरबहादुरको अन्त्ये’ष्टीका लागि घरपरिवार, छिमेकी सबै जुटेर आइतबार बिहानै बुटवलबाट गुल्मीको रिडी लागे । मृ,त’क बीरबहादुरका ६ भाइ छोरा मध्ये ५ भाइ छोराहरु सहित तीन दर्जन मलामी बस लिएर त्यता लागे भने केही आफन्त निजी सवारीमा मलामी गएका थिए। तर बिहान साढे १० बजे बस पाल्पाको रिब्दिकोट गाउंपालिका २ लगुवामा बस दुर्घ’टनामा पर्यो ।

त्यो दुःखद घटनामा मृ,त’क बीरबहादुरका छोरा पशुपति बिक सहित ७ जनाको घटनास्थलमै नि’धन भयो । बुवाको अ’न्त्ये’ष्टि गर्न गएका छोरा सहित ठूलो संख्यामा मलामीको नि’धन भएपछि र घटना दुई दर्जन भन्दा बढी मलामी घा’इते भए पछि पी’डितको परिवार तथा छिमेकमा थप सन्ना’टा छाएको छ । वीरबहादुरका ६ भाइ छोरामध्ये ५ जना दा’ह सं’स्कारको लागि गएका थिए । पशुपति वीरबहादुरका छोरा हुन् । वीरबहादुको इच्छा अनुसार उनको दा’ह सं’स्कारका लागि बुटवलबाट झण्डै १०० किलोमिटर टाढा रिडीतर्फ गाडी जाँदै थियो । बुबाको चाहना पूरा गर्न जाँदै गरेका उनी अन्ततः आफैँ रहेनन् ।

दुर्घ’टनामा बाँ’चेका घा’इतेको अनुभव : मृ,त’क वीरबहादुर विकका छिमेकी बुटवल रानीगन्जका ३१ वर्षीय थम्मन पचभैया सो बस दुर्घ’टनाका प्रत्यक्षदर्शी हुन् । बस दुर्घ’टनामा परी बाँ’चेका बुटवल रानिगञ्जका थम्मन पचभैया ओरालोमा ड्राइभरकोे आत्मबल कमजोर बन्दा दुर्घ’टना भएको बताउँछन् । बुटवलबाट बस हिंडेपछि उकालो लाग्नसाथ ड्राइभरले बसलाई सजिलोसंग नचलाएको उनले अनुभव पहिले गरि सकेको बताएका छन् । ‘लगुवाको ओरालो लाग्नसाथ ड्राइभर आ’त्तियो । चिसो भएकाले पनि उसले गा’डी कन्ट्रोल गर्न नै सकेन । घटनास्थलमा गाडी निकै दौडियो । ड्राइभरले पछाडिको भाग कुनामा ठो’केर सिधा भयो । अनि गाडि तल झ’रेको हो ।’ उनले भने ।

उनले आफू अगाडिको सिट समातेर बसेका कारण केही नभएको बताए । गाडी संगै २ सय मिटर त’ल पुगेपनि केही नभएको उनले बताए ।‘ड्राइभर पहाडमा गाडी नचलाएको रहेछन्जस्तो उसको चलाइबाट थाहा हुन्थ्यो । ओरालामा आत्तियो । अनि घटना घट्यो’ ३१ वर्षीय पचभैयाले भने । उनले गाडि तीब्र गतिका कारण दुर्घ’टना नभएको बताउँछन् । घ’टनापछि चालक फ’रार भएका कारण पनि उनको ग’ल्ती भएको उनको ठम्याई छ ।

दुर्घ’टनास्थलमा शीतको चिसो भएको, साँघुरो घुम्ती रहेको सडक किनारका डिभाइडर भ’त्काउँदै घिसा’रिएर दुर्घ’टना भएको स्थानीयले जनाएका छन् । तराई क्षेत्रमा चलाएको चालक रहेको, पहाडी बाटोमा अनुभव नभएकोले दुर्घ’टना भएको अन्य सवारी चालक हरुले बताएका छन् । प्रहरीले घटनाको विषयमा अनु’सन्धान भइरहेको जनाएको छ । बस प’ल्टिदा च्या’पिँ’एर ३ जना मलामीको नि’धन भएपछि डोजर स्काभेटर प्रयोग गरी श-व निकालिएको थियो ।

प्रतिकृया दिनुहोस्