Saturday, January 22

मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गयो

January 4, 2022 48

जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ । स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो। जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ।

जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ। अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।

त्यस्तै, जापानले नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमायलशम्शेर जबराले ‘द अर्डर अफ राइजिङ सन’ अवार्ड प्रदान गरेको छ । काठमाडौंस्थित जापानी दूतावासले जनाएअनुसार ‘अटम इम्पेरियल डेकोरेसन’को सूचीमा सो अवार्ड प्राप्त गर्ने विदेशी नागरिकहरुमध्ये राणा रहेका छन् ।

जापानले दुवै देशबीच आर्थिक सम्बन्ध सुरुवात गर्न राणाले खेलेको भूमिकाका लागि सो अवार्ड प्रदान गरिएको जनाएको छ । राणाले जापान भ्रमण गरेर दोस्रो विश्वयुद्ध विध्वंशपछि जापानले आर्थिक उन्नति गरेको देखेपछि दुवै देशबीच आर्थिक सम्बन्ध सुरुवात गरेका थिए ।

सन् १९६० को दशकमै राणाले बैंक अफ जापानमा खाता खोल्नका लागि राष्ट्र बैंकको बोर्डलाई मनाउन सफल भएका थिए । त्यही कदमले दुवै देशबीच आर्थिक सम्बन्धलाई सक्रिय बनाएको विश्वास गरिन्छ । ‘बैंक अफ जापानमा खाता खोल्ने पहिलो विदेशी केन्द्रीय बैठक नेपाल राष्ट्र बैंक हो,’ दूतावासले भनेको छ । जापानले प्रत्येक वर्गको अप्रिल २९ र नोभेम्बर ३ का दिन विदेशी नागरिकलाई अवार्ड प्रदान गर्ने गर्छ ।

यो अवार्ड जापानसँग सम्बन्ध प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विदेशी नागरिकलाई प्रदान गर्ने गरिन्छ । यो राजनीति र कूटनीति, अनुसन्धान तथा शिक्षा, जनस्वास्थ्य तथा सामाजिक कल्याण, आर्थिक तथा उद्योग र संस्कृति तथा खेलकुद योगदान गर्नेलाई अवार्ड प्रदान गर्ने गरिन्छ ।

यसअघि गत वर्ष जापानले सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन’ विभूषण प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्