Saturday, January 22

मनका निकै धनि छन् अभिनेता सलमान खान,यि सुन्दरी नायिकाको बिहेमा दिएका थिए करोडौको कार उपहार

January 7, 2022 76

एजेन्सी- बलिउडका चर्चित अभिनेता ले धेरै फिल्ममा काम गरी सकेका छन् । सोनम कपूरका पिता अनिल कपुर पनि एकदमै मिल्ने साथि समेत रहेका छन् ।
उनिहरुले एकआपसमा पनि फिल्म गरीसकेका छन् । उनै मित्र अनिलकी छोरी सोनमसँग सलमानले चलचित्रमा काम पनि गरिसको छन्।

कपुर दिल्लीका व्यापारी आनन्द आहुजाका साथ विवाह बन्धनमा बाँधिएकी हुन्। उनको विवाहमा बलिउडका कलाकार समेत सहभागि भएका थियो । सलमानले सोनम कपूरको विवाहमा लेम्बोर्गिनी कार गिफ्ट गरेका थिए।जसको मुल्य ९० लाख भरतीय रुपैंया रहेको छ । यस कार सोनमले विवाहमा पाएको सबै भन्दा महँगो उपहार रहेको थियो।संखुवासभा जिल्लाको भोटखोला गाउपालिका ४ का नाम्जा भोटे अहिले आफ्नी श्रीमती बिगत ६/७ महिनाबाट सम्पर्क बिहिन भएको भन्दै मिडियामा आएका छन । संखुवासभा घर भै हाल धरान बस्दै आएका उनी आफ्नी श्रीमती तारा राई आफ्नी दिदिलाई पुर्याउन जाने भन्दै माइत गएको उनले बताए । माइती संखुवासभाको खादबारी जाने भनेर दिदी सगैँ हिडेकी तारा धरानबाट हिडे देखि आफुसगं, सम्पर्क बिहिन भएको नाम्जा भोटेले बताएका छन ।

श्रीमतिले संखुवासभा गएर आफू अबिबाहित भएको भनी नागरिता पनि बनाएको आफुले बुझेको नाम्जाको भनाई छ । वार्डमा गएर बुझ्दा अध्यक्षले आफुले तारालाई धरानमा रहेको ब्याक्ती तिम्रो श्रीमान होइन र ? भनी सोध्दा आफ्नो भिनाजु भएको भनी आफुलाई बताएकोले सिफारिस दिएको आफुलाई बताएको नाम्जाको भनाई छ । त्यसरी माइती गएर नागरिकता बनाएको थाहा पाए पछि आफुले फोन गर्दा फोन नउठाउने गरेको उनले बताएका छन ।

आफुले फेसबुकमा म्यासेज पठाउँदा पनि कुनै प्रतिक्रिया नदिएको नाम्जाको भनाई छ । केही समय पछि भने आफुले एकतर्फी सम्बन्ध बिच्छेद गरिसकेकोले आफुहरुको अब केही सम्बन्ध नभएको उनले प्रतिक्रिया दिएको नाम्जाले बताएका छन । अहिले श्रीमती ताराले आफ्नो नम्बर पनि ब्लक गरेको र फेसबुक तिर पनि सबै ब्लक गरेको उनको भनाई छ । आफ्नो ४ वर्षको बच्चा भएको त्यो बच्चा छोडेर श्रीमती त्यसरी सम्पर्क बिहिन भएको नाम्जाले बताएका छन ।

श्रीमती माइती गए देखि नै आफुले फोन गर्दा राती ८ बजे देखि लगभग १२/१ बजे सम्म नै श्रीमती ताराको फोन अरुसगै बोलेकोले गर्दा वेटिङ देखाउने गरेको नाम्जाले बताएका छन । श्रीमती माइत जानू भन्दा ४/५ दिन अगाडि आफुहौ बसेको ठाउँमा एक ब्याक्ती आएको उनले बताए । ती ब्याक्तिको नाम आफुले अहिले नखुलाउने उनले बताए । ती ब्याक्ती त्यहा आए पछि भने श्रीमतिसगँ केही कुरा नमिल्ने हुन थालेको नाम्जाको भनाई छ । त्यो भन्दा अगाडि आफुहरुको सम्बन्ध राम्रो रहेको उनले बताईन ।

ती ब्याक्ती घरमा आएको केही दिनमा नै श्रीमती माइत भनी जानू र उता गएर आफू नफर्किने जस्तो कुरा गर्नुले केही संका गर्ने ठाउँ रहेको उनको भनाई छ । तर संका भएकै भरमा आफुले नाम लिएर उनिहरुको सम्बन्ध छ भन्न नसक्ने नाम्जाले बताए । बच्चाको अहिले बिजोक भएको हुनाले श्रीमतीलाई फर्किएर आउन उनले आग्रह गरे । आफुहरुले एक अर्काको केहि गल्ती भए त्यो स्वीकार गरेर अब ती गल्ती नगर्ने सहमतिमा आफू अझै मिल्न तयार भएको नाम्जाको भनाई छ । (भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्