Saturday, June 12

यास चक्रपातका कारण शनिवारसम्म भारी वर्षा हुने, सुरक्षित स्थानमा सर्न आग्रह (८ बुँदे विज्ञप्ति)

May 27, 2021 228

काठमाडौं । भारतमा विध्वंस मच्चाइरहेको चक्रवात यासको प्रभावले नेपालमा पनि वर्षा भइरहेको र यसले बाढी पहिरोको समेत खतरा बढाएकाले होसियारी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित सबैलाई अपिल गरेको छ।

भोलि जेठ १३ देखि १५ गतेसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने मौसमविद्को अनुमान रहेकाले यसबीच बाढी/पहिरोसमेत जाने खतरा देखिएको प्राधिकरणले जनाएको छ।प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बस्तीनजिक बाढी, पहिरो, डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्ने।’

सुरक्षित स्थानमा सर्नू
गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म उच्च वर्षासँगै बाढी पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन आह्वान गरेको छ ।बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राधिकरणले जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ ।

प्राधिकरणले विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्