Saturday, January 22

घरमा पालेको कुकुरले २ हप्ताका बालकलाई मार्‍यो, बच्चालाई खेलौना ठानेर खेलिरहेको थियो

January 12, 2022 101

घरमा पालेको कुकुरले २ हप्ताका बालकलाई मार्‍यो, बच्चालाई खेलौना ठानेर खेलिरहेको थियो

काठमाडौं। घरमा पालेको कुकुरले टोकेर २ हप्ताका बालकको मृत्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो । यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टाउकोमा दाँत गाडेको थियो । आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् । कुकुरले टोकेर गम्भीर घाइते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो । २ हप्तापछि उपचारको क्रममा उनको मृत्यु भयो ।

इङल्याण्डको याजलेमा भएको यो घटना २०१८ सेप्टेम्बरको हो । अहिले यो घटनाबारे अदालतमा सुनुवाइ भएको हो । अदालतमा मृतक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापरवाही किन गरे भनेर सोधिएको थियो । द सनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खुलासा भयो कि रुबेनका मातापितालाई पहिले नै केही सामाजिक कार्यकर्ताले बच्चालाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चेतावनी दिएका थिए ।

१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घरबाहिर गएका थिए । जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरामाथि उनले पालेको स्टेफेर्डशायर बुल टेरियर प्रजातिको कुकुर डोटीले आक्रमण गरेको देखे । डेनियलले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जानकारी दिए । उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइरहेका थिए र टाउकोबाट रगत आइरहेको थियो ।

बालकलाई तत्काल एडेनब्रुकको अस्पताल लगियो । जाँचमा डाक्टरहरुले बच्चाको मस्तिस्क, स्पाइनल र स्कल चोट लागेको पाएका थिए । उपचारका क्रममा १३ डिसेम्बर २०१८ मा रुबेनको मृत्यु भयो । एक पशु चिकित्सा फरेन्सिक विशेषज्ञ साइमन न्युबरीका अनुसार कुकुरले बच्चालाई सानो शिकार वा खेलौना ठानेको थियो र कुकुर त्यससँग खेल्ने कोसिस गर्न थाल्यो । तर, यसो गर्दा बच्चाको ज्यान गयो ।

प्रतिकृया दिनुहोस्