Saturday, January 22

रुकुम पश्चिमका प्रहरी हवल्दार रामजी खत्रीको निधन

January 14, 2022 138

रुकुम पश्चिमका प्रहरी हवल्दार रामजी खत्रीको निधन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम अन्तरगतको, अस्थायी ट्राफिकप्रहरी पोष्ट झुल्नेटामा कार्यरत ३७ वर्षका प्रहरी हवल्दार रामजी खत्रीको निधन भएको छ ।पुस २३ गते डिउटीमा रहेको बेला एक्कासी पेट दुखेपछि उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो।

। एक जना प्रहरी जवानको साथमा परिवारसँगै तत्काल राति नै उपचारका लागि नेपालञ्ज पु¥याएको प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।प्रहरी निरिक्षक शर्माका अनुसार खत्रीको उपचारकाक्रममा आइतबार बिहान ४ बजे निधन भएको हो ।छाला, ओठ र नङको रङ फेरिनु पनि ओमिक्रोनको नयाँ लक्षण
January 5, 2022 386
158
Shares
facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing button
YOU MAY LIKEAdskeeper

6 Uncommon Tips For Building A Healthy Relationship

No Need To Worry About Your First Kiss! Try This!

Surprising Facts About La’Tecia Thomas You Probably Didn’t Know
संसारभरी ओमिक्रोनको गति तीब्र रुपमा बढिरहेको छ । यो भेरियन्टको चपेटमा आइरहेका बिरामीले विभिन्न प्रकारको लक्षणबारे जानकारी दिइरहेका छन् । डाक्टरका अनुसार कोरोनाको प्रमुख लक्षणबाहेक यस्ता पनि केही लक्षण छन् जुन देखिएको खण्डमा तुरुन्त कोभिड परीक्षण गर्नुपर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले हालै छाला, नङ र ओठको रङ फेरिनु पनि ओमिक्रोनको लक्षण भएको जानकारी दिएको छ । हेल्थ एजेन्सीका अनुसार यस्तो हुँदा कोरोनाको तुरुन्तै परीक्षण गर्नुपर्छ ।

ओमिक्रोनको यी लक्षण देखिए सतर्क रहनुहोस्ः

सीडीसीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिमा विभिन्न प्रकारका लक्षण देखिएका छन् । भाइरसको एउटा लक्षण हो छाला, नङ र ओठको रङ फेरिनु । सिडिसीले छाला, नङ र ओठ पहेँलो, खैरो वा निलो हुनुले रगतमा अक्सिजनको कमीलाई देखाउने बताएको छ । कोरोना हुँदा रगतमा अक्सिजनको कमी हुन्छ, यस्तोमा यी लक्षण देखिँदा अनुसन्धान गर्न अत्यावश्यक छ ।

यी समस्यासहित सास फेर्न समस्या हुनु, शरीर दुख्नु, छातीमा दबाब महसुस हुनु, भ्रमित हुनु र लगातार निद्रा लाग्नु पनि ओमिक्रोनको लक्षण हुनसक्छन् ।

ओमिक्रोनका प्रमुुख लक्षणः

सीडीसीलाई मान्ने हो भने शरीरमा भाइरस प्रवेश भएको २ देखि १४ दिनपछि लक्षण अनुभव हुन्छ । यसले साधारणदेखि गम्भीर समस्या निम्त्याउन सक्छ । रुघा, खोकी, घाँटीमा खसखस, ज्वरो, सास फेर्न समस्या, मांसपेशी दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध नआउनु कोरोनाको प्रमुख लक्षणमा समावेश छ ।

ब्रिटेनको जेडओई कोभिड स्टडी एपका अनुसार कब्जियत, झाडा, ब्रेन फग, सुत्नेबला पसिना आउनु, आँखा सुन्निनु र छालाको कुनै पनि भागमा बिमिरा आउनु पनि ओमिक्रोनको लक्षण हो ।

प्रतिकृया दिनुहोस्