Thursday, May 26

नेपालमा संक्रमणको नयाँ रेकर्ड, बज्यो खतराको घन्टी : हेर्नुहोस

January 17, 2022 119

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ। ट्रमा सेन्टरका चिकित्सक, नर्स लगायत ५२ जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले जानकारी दिए।

डा जोशीका अनुसार सोमबार ४ बजेसम्ममा एमसिएच गर्ने सिनियर चिकित्सक, कन्सलटेन्ट चिकित्सक, अन्य चिकित्सकहरु, नर्स तथा फिजियोथेरापीस्ट, ल्याबका कर्मचारी लगायत ५२ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छकाठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ। ट्रमा सेन्टरका चिकित्सक, नर्स लगायत ५२ जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले जानकारी दिए।

डा जोशीका अनुसार सोमबार ४ बजेसम्ममा एमसिएच गर्ने सिनियर चिकित्सक, कन्सलटेन्ट चिकित्सक, अन्य चिकित्सकहरु, नर्स तथा फिजियोथेरापीस्ट, ल्याबका कर्मचारी लगायत ५२ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ

प्रतिकृया दिनुहोस्