Saturday, October 16

आज यि स्थानमा हुनेछ अति भारी वर्षा र उच्च बेगको हावाहुरी

May 28, 2021 327

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ : ‘दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीरअति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ।’

यसैगरी उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केही स्थानमा र बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि देशका धेरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीरअति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ।

यस्तै उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको शुक्रबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टा ९शनिबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च वेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति, प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै, राति उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात, वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली, पहाडी भूभागका १-२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्