Thursday, May 26

चर्चित नायिका प्रियंका चोपडा आमा बनिन्, प्रियंका र निक छन् खुशीले फुरुगं

January 22, 2022 124

काठमाडौं, ८ माघ । बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।

‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।

सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।जाजरकोटका एक युवा १८ महिनादेखि स्वास्थ्य समस्याका कारण छटपटाइ रहेका छन् । उनको अवस्था देख्दा एक मनले कठै भन्न मन लाग्छ । अर्को मनले यी सोझा सीधा नेपाली युवालाई यस्तो अवस्थामा पु-याउनेहरुमाथि मध्ययुगीन सजाय होस् भन्ने पनि लाग्छ ।

जाजरकोटका आयुष राना छटपटाएको १८ महिना भयो । तर उनलाई साउदी पु-याउने ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरले नेपाल फर्काउने दया देखाएन । उनी हुन् भेरी नगरपालिका –१ रावतगाउँका स्थायी बासिन्दा हुन् । वैदेशिक रोजगारीका लागि साउदीको जेद्धा पुगेका उनी थलिएको १८ महिना भयो ।

व्यथाले यो हदसम्म पु-याउँदा पनि आयुषको उपचार खर्च भएन । नेपाल फर्किन्छु भन्दा कम्पनीले दिएन र नेपालको म्यानपावरले यी युवाको पीडा महशुस गरेन । मेनपावरले उनको जिम्मा पनि लिएन । डिसेम्बर १६, २०१९ मा उनी साथीसँगै साउदी पुगे । छारे रोग जस्तो देखिने समस्याबाट १८ महिनादेखि आयुष थलिएका छन् । यसबीच उनले न उपचार पाए, न खाने बस्ने सुविधा नै ।

साउदीको कानुनअनुसार बिरामी व्यक्तिको उपचारका लागि सरकारी सहयोग माग्नु पर्छ । तर आफैले लिएर जान मिल्दैन । यहि कारण आयुषका साथी ललन सिंहले छटपटाउँदै गरेका साथीको भिडियो बनाए र न्यूज २४ लाई पठाए । ललन बिहीबार दिउसै मात्रै नेपाल फर्किएका छन् ।

आयुषसँगै ललनले पनि साउदीमा ठूलो सास्ती व्यहोरे । त्रिभुवन विमानस्थल उत्रिसकेपछि ललनले लामो सास फेर्दै भने – बाँच्ने आशै थिएन । अर्को जीवन पाएको महशुस गरिरहेको छु ।’ २५ महिना अघि उनीहरु न्यू र्वल्ड ओभर्सिज म्यानपावरबाट साउदी पुगेका हुन । आयुषको भिडियो प्राप्त भएपछि न्यूज २४ ले उनीहरुलाई साउदी पु-याउने ललतिपुरको चाकुपाटीस्थित न्यू र्वल्ड ओभर्सिज म्यानपावरलाई सम्पर्क ग-र्यो ।

प्रतिकृया दिनुहोस्