Saturday, June 19

आखिर किन भाईरल भईरहेको छ यो तस्बिर

May 28, 2021 103

कैलाली – विश्वभर फैलिएको कोरोना भाइरसको कारण लाखौ मानिसहरु विचलित हुनुको साथै अकालमै आफ्नो ज्यान गुमाईरहेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको कारण नेपालमा दैनिक हजारौ संख्यामा संक्रमित थपिरहेको छ भने निको भने संक्रमितको तुलनामा कम भइरहदा सरकाले स्वास्थ्य संकटकाल लगाउने तयारी गरीरहेको छ ।

यहि कोरोनाको कारण मानिसलाई आफन्त आफन्त विच नै पराईको भावना सिर्जन गर्न बाध्य भईरहेको छ । राससको प्रकाश मिश्रले खिचेको फोटो पछिल्लो समय निकै भाइरल भइरहेको छ । जहाँ कोरोना पोजिटिभ देखिएको आफ्नो आमालाई झ्यालबाट हेरीरहेको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा खिचिएको उक्त तस्विर सामाजिक सञ्जालमा निकै भाईरल भईरहेको छ ।

यो पनि , ८१३ पत्रकार सङ्क्रमित
कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती सङ्घसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्ने भन्दै धम्क्याएका थिए ।

महासङ्घले विज्ञप्ति जारी गरी प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्की दिनु निन्दनीय र प्रेसविरोधी काम हो भनेको छ । महासङ्घले ध म्की दि नेलाई तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्