१० हजार बाइक र ५० भन्दा बढी बस प्रयोग गरि राप्रपाले आज विशाल प्रदर्शन गर्दै

December 5, 2020 175

काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज झापामा बिशाल शक्ति प्रदर्शन गर्दैछ । यसअघि नै राप्रपाले शक्ति प्रदर्शन गर्ने भन्दै झापाको कार्यक्रम मिति मंसिर २० गते तोकेको थियो ।नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना गर्ने, राजतन्त्र स्थापना गर्दै संघियता खारेजीको मागसहित राप्रपाले प्रर्दशन गर्न लागेको हो ।
जसमा राप्रपाले बृहत र्यालीको आयोजना गर्ने कार्यसूची रहेको छ ।आज झापामा मोटरसाइकल सहित २० हजार मानिसको सहभागीतामा र्याली निकाल्ने राप्रपा झापाले जनाएको छ । र्यालीको नेतृत्व झापाबाट निर्वाचित राप्रपा सांसद राजेन्द्र लिङ्देनले गर्नुहुने बताइएको छ ।

र्याली काकडभिट्टाबाट सुरु हुने र बिर्तामोडमा पुगेर समापन हुने राप्रपा झापाले जनाएको छ । र्यालीमा सहभागीहरुलाई कोरोना जोखिम पनि हुन सक्ने भएकाले स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउनुपर्ने जनाइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्