Saturday, October 16

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

May 28, 2021 132

काठमाडौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थय अवस्था विग्रदै गएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। संक्रमित भएका थापाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार सुरु गरिएको थियो ।

तर स्वास्थ्य अवस्था थप विग्रन थालेपछि उनलाई विगत २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। उपचारमा संलग्न चिकित्सकले उनको अवस्था स्थिर रहेको जनाएका छन् । संक्रमित रहेका थापालाई निमोनिया समेत देखिएपछि स्वास्थ्य अवस्था विग्रिएको हो । उनलाई विहिवार बिहानदेखि भेन्टिलेटरमा राखिएको हो ।

उनलाई संक्रमित भएपछि करिब दुई साताअगाडिदेखि नै अस्पताल भर्ना गरिएको थियो । थापालाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सार्ने तयारीसहित छलफल भइरहेको छ।काठमाडौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थय अवस्था विग्रदै गएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। संक्रमित भएका थापाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार सुरु गरिएको थियो ।

तर स्वास्थ्य अवस्था थप विग्रन थालेपछि उनलाई विगत २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। उपचारमा संलग्न चिकित्सकले उनको अवस्था स्थिर रहेको जनाएका छन् । संक्रमित रहेका थापालाई निमोनिया समेत देखिएपछि स्वास्थ्य अवस्था विग्रिएको हो । उनलाई विहिवार बिहानदेखि भेन्टिलेटरमा राखिएको हो ।

उनलाई संक्रमित भएपछि करिब दुई साताअगाडिदेखि नै अस्पताल भर्ना गरिएको थियो । थापालाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सार्ने तयारीसहित छलफल भइरहेको छ।

प्रतिकृया दिनुहोस्