काठमाडौं। फिलिपिन्समा अनलाइन खानेकुरा डेलिभरी गर्ने एक मोवाइल एपको गडबडीका का’रण निकै रोचक घ’टना भएको छ। यहाँ एक स्कुले बालिकाले भोक लागेपछि अनलाइन एपबाट एक बक्स चिकेन फिलेट अर्डर गरेकी थिइन् । तर, एपको प्राविधिक गड बडीका कारण त्यो अर्डर छुट्टा छुट्टै अर्डरको रुपमा ४२ जना डे’लिभरी ब्वा’य कहाँ पुग्यो।
लगत्तै बालिकाले अर्डर गरेको केही बेरमै उनको घर अगाडि डे’लिभरी ब्वा’यहरुको लाइन लाग्यो। फिलिपिन्सको अखबार सनस्टार का अनुसार फिलिपिन्सको सेबु सिटीकी ७ वर्षकी ती बालिकाले अनलाइन खाना डेलिभरी गर्ने एप फुडपान्डा बाट खाना अर्डर गरेकी थिइन् । त्यसपछि उनी आफ्नी हजुर आमासँग खानेकुरा आउने प्रतिक्षा गरेर बसिन् । त्यसपछि जे भयो त्यो निकै आ’श्चर्यजनक थियो।
केही बेरमै उनको घरअगाडि डे’लिभरी ब्वा’यहरु खाना लिएर पुग्न थाले। एउटै खानेकुरा लिएर त्यहाँ ठूलो संख्यामा डे’लिभरी ब्वा’यहरु को लाइन लाग्यो। हेर्दा हेर्दै कूल ४२ जना डे’लभिरी ब्वा’यहरु त्यहाँ जम्मा भए। कसैले बुझ्न सकेनन् कि त्यहाँ के भइरहेको छ । छिमेकीहरु बाहिरको रमाइलो दृश्य हेर्न बाहिर निस्किए । एक स्थानीयले भिडियो खिचेर सामाजिक सं’जालमा पोस्ट पनि गरे ।
बालिकाले १८९ फिलिपिनी पेसो (नेपाली ४६० रुपैयाँ) मूल्य पर्ने खाना अर्डर गरेकी थिइन् तर सबै ४२ जनाले ल्याएको खाना कूल ७ हजार ९३८ पेसो (१९ हजार ४ सय नेपाली रुपैयाँ) बराबरको थियो। समस्या भएपछि बालिकाका छिमेकीहरुले ती खानाका बक्स हरु किनि दिएका थिए । केही डे’लिभरी ब्वा’यहरुले भने सबै छिमेकीले किन्न नसकेपछि खाना साथमै लिएर फर्किएका थिए ।
प्रतिकृया दिनुहोस्