Saturday, October 16

दीप श्रेष्ठलाई को’रोना संक्रमण, आइसीयूमा भर्ना

May 28, 2021 374

काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

यो पनि , सङ्क्रमितका शव व्यवस्थापन सहज
कोराना सङ्क्रमणबाट अकालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ । भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कालिवहादुर गणका समन्वयमा शव व्यवस्थापन हुँदै आएको छ । चितवन सहित छिमेकी जिल्लाका सङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ । महानगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार यही जेठ ६ गतेदेखि हालसम्म ७४ सङक्रमतिका शव व्यवस्थापन गरिएको छ । तीमध्ये चार शवको परिवारले भारलाग्ने भन्दै आफ्नै खर्चमा व्यवस्थापन गरेका छन् । ती मध्ये दुई शव गाढिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार शव वाहन, दाउरा र खाल्डो खन्नका लागि एक्साभेटरको व्यवस्थापनमा महानगरले सहयोग गर्दै आएको छ । लायन्स क्लवले थप एक शववाहन उपलब्ध गराएको छ । संघीय सरकारले शवको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल वजेटको नहुँदा महानगरपालिकाले खर्च गरेको उहाँले जानकारी दिनुभयो ।यस अघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलब्ध गराउँदै आएको थियो । वागेश्वरी स्थित नारायणी किनारमा शव व्यवस्थापन गरिदैं आइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले महानगरपालिका, कालिवहादुर गण र लायन्सको सहकार्यमा शव व्यवस्थापन हुँदै आएको जानकारी दिनुभयो । शववाहन, दाउरा, खाल्डो खन्ने एक्साभेटर र शवको ओसारपसारमा ती निकायले समन्वयात्मक क सहयोग गर्दैआएका छन् । खाल्डोमा नपुरेर जलाउनेले नजिकै रहेको वागेश्वरीवाट नदी किनारसम्म दाउरा लैजाने, चित्ता बनाउने र जलाउने काम भने मृतकका परिवारले आफ्नो संस्कार अनुसार गर्दै आएका छन् ।

गणपति विज्ञानराज खनालका अनुसार हाल सम्म ३ सय ४० शवको व्यवस्थापनमा सेनाले सहयोग गरिसकेको छ । जिल्लाका अस्पतालमा ४ सय ८६ को मृत्यु भएकोमा १ सय ४६ को शव आफन्तले बुझेका हुन । उहाँले सबैको सहकार्यमा शव व्यवस्थापन सहज बनेको बताउनुभयो । शव विहान ९ बजेदेखि साँझ ५ बजसम्म व्यवस्थापन गरिदैं आएको छ । होम आइसोलेशनमा मृत्यु भएकाको शवको व्यवस्थापनका लागि शववाहन पठाउने गरिएको छ । गणपति खनालका अनुसार घरमा शव उठाउँने व्यक्ति नभएका ठाउँमा सेना आँफै पुग्ने गरेको छ । वरिष्ठ पत्रकार ईश्वर जोशीले सङ्क्रमणबाट मृत्युभएका आफ्नो दाजुको शव व्यवस्थापनमा समस्या नआएको जानकारी दिनुभयो

काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागिलाई पनि को’रोना देखिएपछि यो गायन रियालिटी सोले गत साता सोज नै स्थगित गरेको थियो ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आधिकारिक फेसबुक पेजमार्फत उनलाई को’रोना सं’क्रमण भएको उल्लेख गरिएको छ। श्रेष्ठलाई २ साता अघि को’रोना सं’क्रमण पुष्टि भएको हो। उनको शरिरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना भएका हुन्। ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करण देखि नै उनी निर्णायकको रुपमा रहँदै आएका छन्।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्क’रणमा निर्णायकको रुपमा रहेका उनलाई टिमले शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । सं’क्रमण बढेको भन्दै गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित भएको थियो । कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै छायांकन र कार्यक्रम नगर्ने निर्णय ‘द भ्वाइस अफ नेपाल’ ले गरेको थियो।

प्रतिकृया दिनुहोस्