Friday, April 23

दुई छोराछोरीलाई अलपत्र छो’डेर, सु’नका गरग’हना र नगद स’म्पत्ति लगेर लक्ष्मी फ’रार खोजिदिन श्री’मानको अ’नुरो’ध

December 6, 2020 238

काठमाडौँ। गोरखा घर भएकी ३० बर्षया लक्ष्मी दानी विगत १० दिन देखि राइरहेकी छिन् । खैरेनीबाट हराएकी लक्ष्मीको परिवारले जो कसैले देखेमा आफूहरुलाई खबर गरिदिनहुन अनुरोध गरेका छन् । लक्ष्मीका श्रीमान दिपक दानीका अनुसार लक्ष्मी छोराछोरीका साथ पसल गरेर बसेकी थिइन् । दलिपावलीको टीका पछिल्लो दिनदेखि लक्ष्मी सम्पर्कविहिन भएकी हुन् ।

उनका १२ बर्षिय छोरी र १० बर्षका छोरा गरि दुई सन्तान छन् । लक्ष्मीका श्रीमान दिपकले छोराछोरोको मुख हेरे भएपनि फर्किन आग्रह गरेका छन् । साथै कसैले देखेमा खबर गरि सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । दिपककका अनुसार प्रहरीबाट आएको पेन्सन, पसलको नगद सम्पत्ति र गरगहनासहित लक्ष्मी बेपत्ता भएकी हुन् ।

‘म गाउँमा काममा व्यस्त थिए । छोराछोरी लक्ष्मीसँगै थिए । लगातार आफन्त र चिनेजानेकोमा खबर गर्यौ तर कतै पत्ता लागेन ।
प्रहरी कार्यालयमा पनि खबर गरेका छौं । छोरोछोरोले पनि आमा खोजिरहेका छन् । लक्ष्मी जहाँ भए पनि सम्पर्कमा आए र घर फर्क।’ नेपाल रैबारसँग कुराकानी गर्दै उनले भने । हराइरहेकी लक्ष्मी(फोटोमा रहेकी महिला) लाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४९२५७३१४ वा ९८२७१२९१७२ मा सक्पर्क गरि खबर गरिदिनुहोला।**भिडियो हेर्न तल क्लिक गर्नुहोला *

प्रतिकृया दिनुहोस्