Saturday, June 12

को’रोना संक्रमित र कुरुवालाई निःशुल्क खाना

May 29, 2021 63

काठमाडौं : सप्तरीमा को’रोना सं’क्रमित बिरामी र उनका कुरुवा लाई निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । सदरमुकाम राजविराजका युवा व्यवसायी र राजविराज जेसीजको पहलमा कोरोना संक्रमित र कुरुवालाई खाना खुवा उन शुरु गरिएको हो । हरेक दिन दुबै छाक खाना खुवाउन थालिएको राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइरहेका को’रोना सं’क्रमित र उनका कुरुवालाई पाँच दिन यता खाना खुवाइरहेको तातेडले बताए । ‘निषेधाज्ञा अवधी भरका लागि हामी खाना खुवाउँछौं’ उनले भने । उनका अनुसार प्रत्येक दिन १ सय ५० जना भन्दा बढीले नि: शुल्क खाना खाने गरेका छन् ।

यस्तै, कैलालीको टीकापुर अस्पतालमा उपचाररत को’रोना सं’क्रमित र कुरुवाका लागि स्थानीयस्तरबाट निःशुल्क खानाको व्यवस्था गरिएको छ। टाढाका बिरामी र कुरुवालाई खाना खान समस्या भएपछि निःशुल्क खानाको अभियान चलाएको संयोजक स्थानीय अशोक रावलले बताए । ‘अस्पताल आसपासका सबै होटल बन्द छन् । टाढा घर भएकालाई खाना ल्याउन पनि समस्या छ,’ उनले भने, ‘त्यसैले अस्पताल हाताभित्रै पकाएर बिरामी र कुरुवालाई खाना नास्ता खुवाइरहेका छौं ।’

रावलको अगुवाइमा स्थानीय युवाहरूले रकम जम्मा गरेर खाना नास्ता दिन सुरु गरेपछि अहिले सहयोगी हातहरू समेत बढ्न थालेका छन्। केही व्यक्तिले दाल, चामल लगायतका खाद्यान्न सहयोग गरेका छन् भने कसैले नास्ताका लागि दूध, अण्डा लगायत सामग्री दिने गरेका छन् । ‘हामी आफैंले रकम जम्मा गरेर खानानास्ता दिन सुरु गर्‍यौं । अहिले अरुले पनि सहयोग गरिरहेका छन्,’ संयोजक रावलले भने । युवा संघ आवद्ध युवाहरूले अस्पतालमा बिहानको खाजा र साँझको खानाको व्यवस्था गरेका छन् ।

बिहानको खाना भने मैनादेवी फाउन्डेसनले खुवाइ रहेको । अस्पताल प्रवेश द्वारमा स्थानीय युवाको अर्को समूहले बिरामीलाई स्वास्थ्य सामग्री पनि वितरण गरिरहेको छ । नौ युवाले आफैं रकम संकलन गरेर मास्क, पन्जा, सेनि टाइजर जस्ता सामग्री सहयोग गरेका छन् । सुपर कर्णाली डिलक्स यातायात प्रालिले बिरामीका लागि पाँचवटा अटो रिक्सा निःशुल्क सञ्चालनमा ल्याएको छ । हाल टीकापुर अस्पतालमा ४३ संक्रमितको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्