Wednesday, October 20

दीपकराज गिरीको व्यंग्य : अचेल ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ

May 29, 2021 234

काठमाडौं : हास्य कलाकार दीपकराज गिरीले प्रधानमन्त्रीबाट आज देशवासीका नाममा भएको सम्बोधनलाई लिएर कटाक्ष गरेका छन् । प्रधानमन्त्रीले नयाँ आर्थिक वर्षको बजेट आउनु अघि सिंहदरबारबाट गरेको सम्बोधन प्रति गिरीले कटाक्ष गरेका हुन्। देश को’रोना महामारीको गम्भीर संकटमा परेका बेला ओलीले चुनावको रटान लगाएपछि गिरीले ‘बा’ भन्दै कटाक्ष गरेका हुन्।

उनले आफू सानो छँदा ‘बा’ कुरा सुनेर मन्त्रमुग्ध भएको प्रसंग निकाल्दै कटाक्ष गरेका हुन् । ‘सानो छँदा ‘बा’ ले देशको कथा भन्थे, म मन्त्रमुग्ध भएर सुन्थेँ , ‘बा’ का हरेक कुरामा ताली ठोक्ने हात यिनै हुन्’, उनले भनेका छन्, ‘तर आजकाल ‘बा’ का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ। हाम्रा ‘बा’ को कथा भन्ने शैली पुरानो भा’हो कि म धेरै बुझ्ने भा हुँ केही था छैन।’

स्मरणीय कुरा के छ भने नेकपा एमालेमा प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ताले बा भनेर सम्बोधन गर्छन्। आफ्ना कार्यकर्तालाई छोराछोरीकै व्यवहार गर्ने भएकाले ओलीलाई धेरैले बा भनेको उनीहरु बताउँछन्। यो भन्दा अगाडी दिपक राज गिरीले प्लास्टिक को झोला भन्दा खतरनाक रहेछ पार्टीको झोला ,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ!! भन्दै स्टाटस लेखेका थिए ।काठमाडौं : हास्य कलाकार दीपकराज गिरीले प्रधानमन्त्रीबाट आज देशवासीका नाममा भएको सम्बोधनलाई लिएर कटाक्ष गरेका छन् । प्रधानमन्त्रीले नयाँ आर्थिक वर्षको बजेट आउनु अघि सिंहदरबारबाट गरेको सम्बोधन प्रति गिरीले कटाक्ष गरेका हुन्। देश को’रोना महामारीको गम्भीर संकटमा परेका बेला ओलीले चुनावको रटान लगाएपछि गिरीले ‘बा’ भन्दै कटाक्ष गरेका हुन्।

उनले आफू सानो छँदा ‘बा’ कुरा सुनेर मन्त्रमुग्ध भएको प्रसंग निकाल्दै कटाक्ष गरेका हुन् । ‘सानो छँदा ‘बा’ ले देशको कथा भन्थे, म मन्त्रमुग्ध भएर सुन्थेँ , ‘बा’ का हरेक कुरामा ताली ठोक्ने हात यिनै हुन्’, उनले भनेका छन्, ‘तर आजकाल ‘बा’ का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ। हाम्रा ‘बा’ को कथा भन्ने शैली पुरानो भा’हो कि म धेरै बुझ्ने भा हुँ केही था छैन।’

स्मरणीय कुरा के छ भने नेकपा एमालेमा प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ताले बा भनेर सम्बोधन गर्छन्। आफ्ना कार्यकर्तालाई छोराछोरीकै व्यवहार गर्ने भएकाले ओलीलाई धेरैले बा भनेको उनीहरु बताउँछन्। यो भन्दा अगाडी दिपक राज गिरीले प्लास्टिक को झोला भन्दा खतरनाक रहेछ पार्टीको झोला ,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ!! भन्दै स्टाटस लेखेका थिए ।

प्रतिकृया दिनुहोस्