Saturday, April 17

कम्प्युटरजस्तो तेज दिमाग भएको सन्तान चाहनुहुन्छ गर्भवती महिलाले सेवन गर्नुहोस् यी चीज

December 7, 2020 175

कम्प्युटरजस्तो तेज दिमाग भएको सन्तान चाहनुहुन्छ ? गर्भवती महिलाले सेवन गर्नुहोस् यी चीज

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा खानमा जोड दिनुपर्छः

रेसायुक्त खाना
गहुँ, मकै, बोक्रासहितको आलु, हाडेबदाम, तरकारी, जौजस्ता रेसायुक्त खाना बढी खानाले कब्जियतको समस्या कम हुन्छ । रेसायुक्त खानाले पाचन प्रक्रियालाई सहज बनाउँछ।

गेडागुडी
गेडागुडीमा प्रोटिन, भिटामिन र फाइबर प्रचुर मात्रामा हुन्छन् । दिनहुँ यस्ता खानेकुरा खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ ।

मह
बिहान मनतातो पानीमा मह र कागतीको रस मिसाएर खाने गर्नाले कब्जियतको समस्या कम हुन्छ।

कागती
कागतीमा सिट्रस एसिडको मात्रा उच्च हुन्छ, जसले आन्द्रामा जम्मा भएका फोहोरलाई निकास गराउन मद्दत गर्छ । खाना, पेय आदिमा कागती दिनहुँ खाने गर्नु कब्जियतको समस्या भएकाका लागि लाभदायक हुन्छ।

योग
पेट, आन्द्रा, कलेजोलगायत शरीरका भाग तन्किने खालका योगासन गर्नाले पनि कब्जियतको समस्या कम हुन्छ। विशेषज्ञबाट उपयुक्त योगासनबारे परामर्श लिई दिनहुँ योग गर्नाले दिसा खलास नहुने समस्याबाट क्रमशः मुक्ति पाउँदै गइन्छ।

पानी
कब्जियतको समस्या कम गर्ने अचुक उपायमध्ये पानी एक हो । कब्जियत भएकाहरूले सामान्य मानिसले भन्दा बढी पानी खानुपर्छ । यसले आन्द्रा, पेट आदिलाई सफा राख्छ। पानीको सट्टा सोडा, कोल्ड ड्रिंक्स आदि खाने बानी बसाल्नु भने हुँदैन।

फलफूल र तरकारी

ताजा फलफूल र तरकारीमा भिटामिन, खनिज र फाइबर प्रशस्त मात्रामा पाइन्छन् । साथै फलफूल र तरकारी बढी खाने गर्नाले पानीको ‘इन्टेक’ पनि बढ्न पुग्छ । कब्जियत भएकाहरूले फलफूल र तरकारी बढी मात्रामा खानुपर्छ।

प्रतिकृया दिनुहोस्