Sunday, October 2

युद्धमा युक्रेनलाई सहयोग गर्न नेटो सेना युक्रेन प्रवेश गरेको दाबी

March 5, 2022 125

एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी रहेका बेला नेटो सेना पनि युक्रेन पुगेको दाबी गरिएको छ ।

अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोमा युक्रेन आवद्ध हुन खोज्दा आक्रोशित रुसले आक्रमण गरेको पृष्ठभूमिमा रुसलाई ठेगान लगाउन नेटो सेना युक्रेनभित्र घुसिसकेको दाबी गरिएको छ ।

रुसको गुप्तचर निकायले नेटो सेनाका आतंककारीहरू युक्रेनमा प्रवेश गरेर रुसविरुद्ध रणनीति बनाइरहेका दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धमा सहयोग गर्न अमेरिका, नेटो लगायत अन्तर्राष्ट्रिय निकायलाई आग्रह गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्