Sunday, October 2

रुसद्वारा यु’द्ध विराम घोषणा

March 5, 2022 109

काठमाडौं, २१ फागुन । रूसले युक्रेनमाथिको यु’द्धमा यु’द्ध विराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आ क्रम’ण गरेको दशौं दिनमा आज यु’द्ध विराम घोषणा गरेको हो । यो यु’द्ध विराम भने मानवीय सहायताका लागि गरिएको जनाई एको छ ।

यसअघि रूस र युक्रेनका अधिकारी बीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो । अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन् । रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नो भाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ ।

तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘आज मार्च ५का दिन मस्कोको समय अनुसार बिहान १० बजे यु’द्धविराम घोषणा गरिएको छ । साथै मरिपोल र भोल्नोखोभाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।’दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।

रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आ क्रम’ण गरिएको बताएको छ । मरिपोल र भोल्नोखोभामा केही दिन देखि दुवै पक्षबीच भीष’ण संघर्ष जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्