Sunday, October 2

अभिनेत्री पुजाका यिनै हुन् प्रेमी, बिहे नै गरिसकेको चर्चा

March 7, 2022 553

काठमाडौं :

चलचित्र बजार गसिपको क्षेत्र हो । पर्दा अगाडि देखिने कलाकारको विषयमा दैनिक रुपमा आउने गसिप कहिलेकाहीं उनीहरुका लागि चर्चाको राम्रै खुराक बन्छ भने कहिलेकाहीं टाउको दुखाइको विषय । अझ एउटै चलचित्रमा काम गर्ने नायक र नायिकाको प्रेम सम्बन्धको खबर त हलिउड, बलिउड या कलिउड सबैतिर पेज थ्रीको मुख्य आकर्षण बन्ने गर्दछ ।

नायिका पूजा शर्मा चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै फिल्मी गसिपको मुख्य केन्द्रमा छिन् । चलचित्रको पर्दामा उनी जोसँग काम गर्छिन्, उनै नायकसँग उनको नाम जोडिन्छ । तर, चलचित्र रिलिज भएपछि पूजाको यस्तो चर्चा टाढा हुन्छ । सुदर्शन थापा, प्रदीप खड्का, पल शाहदेखि आकाश श्रेष्ठसँगका पेज थ्रीका गसिपमा पूजा शर्मा लामै समय हेडलाइन बनेकी छिन् । उनै पूजा विगत केही दिनदेखि फेरि चर्चामा छिन् ।

पूजा शर्मा र वि’वाद एकअर्काका पर्याय जस्तै हुन् । पूजा जे बोल्छिन्, वि’वाद नै हुन्छ । घाँटीमा आएको कुरालाई फिल्टर गरेर बोल्न नसक्नु नै उनको सबैभन्दा ठूलो कमजोरी बन्ने गरेको छ । कलाकार भएपछि के कुरा बोल्ने र कुन कुरा गर्भमै राख्ने भन्ने हेक्का हुनुपर्छ । तर, पूजा यो मामलामा कमजोर छिन् । सं’वेद’नशी’ल विषयमा समेत उनी गैह्रजिम्मेवार तर्क दिँदै हिँड्ने गर्छिन् ।

गत साता आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न हल-हलमा जाने क्रममा उनले ब’ला’त्का’रको परिभाषा नै आफूले नबुझेको अभिव्यक्ति दिइन् । ब’ला’त्का’रको आरोप लागेका अभिनेता पल शाहको बचाउमा उनले नाबालिगको च’रित्रमा’थि समेत प्रश्न उठाएकी थिइन् । जसले गर्दा उनको व्यापक आ’लोचना र विरोध भयो । यसपछि उनलेले आफ्नो बोली सच्याएकी छन् ।

गत बुधवार पल शाहलाई भेट गर्न दमौली प्रहरी कार्यालय पुगेकी पूजा त्यतैबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न देश दौ’डाहामा निस्किएकी छिन् । पोखरा, हेटौंडा र चितवन हुँदै उनी विरगञ्ज पुगेकी छन् । उनको साथमा निर्देशक सुदर्शन थापा, कलाकार गणेश गिरी, शोभित बस्नेतसँगै प्रेमी यु’द्ध बानियाँ पनि छन् । काठमाडौंदेखि नै यु’द्धले पूजाको साथ छाडेका छैनन् ।

यु’द्ध र पूजाको प्रेम सम्बन्धको चर्चा चल्न थालेको लामै समय भइसकेको छ । तर, उनीहरुले खुलेरै प्रेम सम्बन्ध भने अझै स्वीकार गरिसकेका छैनन् । तर, फिल्म क्षेत्रमा उनीहरुले बिहे नै गरिसकेको समेत चर्चा चलिरहेको छ । गहुँगोरो अनुहार र खाइलाग्दो ज्या’नका यु’द्ध फिल्मी हिरोभन्दा कम छैनन् । पूजासँग नाम जोडिएपछि मिडियामा चर्चाको केन्द्रमा रहेका उनी हेटौंडाबासी हुन् ।

नायिका पूजा शर्मा र व्यापारी युद्ध बाँनियाको भेटघाट गत वर्षको फागुनमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो । हेटौंडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् । बुझिएअनुसार पूजाको चलचित्र करिअरको बारेमा युद्ध निकै चासो राख्छन् । आफन्तका कारण भेटघाट भएपछि पूजा र युद्ध एक अर्काको राम्रो साथी बनेका छन् ।

पूजा र युद्ध अहिले नै यो सम्बन्धलाई प्रेमको नाम दिन चाहँदैनन् । तर, उनीहरु एक-अर्काको नजिकको साथी भने भइसकेको बुझिएको छ । नायिका पूजा शर्माले गत वर्षदेखि नै आफ्नो बिहेको उमेर भइसकेको प्रतिक्रिया मिडियामा दिइरहेकी छिन् । पूजाको बिहेको चर्चा चलेसँगै उनका आफन्तले युद्धको प्रस्ताव अगाडि सारेका थिए ।

शनिवार चितवनका हलहरुमा दर्शकसँग भेट गर्ने क्रममा पूजासँगै यु’द्धसँग पनि सेल्फी खिच्नेहरुको भी’ड लागेको थियो । धेरैले उनलाई अभिनेता आकाश श्रेष्ठ सम्झिएको जानकारी प्राप्त छ । यु’द्धले पनि सेल्फी खिच्न आउनेहरुलाई निराश बनाएनन् । पूजालाई हरेक समस्यामा छायाँझैं साथ दिँदै आइरहेका यु’द्ध ‘म यस्तो गीत गाउँछु २’ को सफलताबाट पूजाभन्दा पनि खुसी देखिएका छन् ।

जिममा प्रयोग हुने प्रोटिन लगायतका सामाग्रीको व्यापार गर्दै आएका यु’द्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् भने पूजाले पनि त्यही क्षेत्रमा घर बनाएकी छन् । केही समय यु’द्धलाई मिडियाबाट लुकाउँदै आएकी पूजा अब भने खुल्न थालेकी छन् ।

प्रतिकृया दिनुहोस्