Sunday, October 2

रेखा थापा भन्छिन – ‘पुरुषहरूले पाएको दुःख घटाउन योद्धा छोरी जन्मिनुपर्छ’

March 8, 2022 229

नायिका रेखा थापाले पुरुषको पीडा कम गर्न योद्धा छोरी जन्मिनुपर्ने मान्यता आफुमा भएको बताएकी छिन । पुरुषलाई पनि पीडा छ भन्दै उनले नारी पुरुषको बिरुद्ध हुन नहुने तर्क गरेकी छिन ।

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिदै रेखाले यस्तो जनाएकी हुन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुमा स्टाटस् लेख्दै रेखाले कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्ने समेत उल्लेख गरेकी छिन ।

रेखा लेख्छिन – ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ । पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’

आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदैछ ।

प्रतिकृया दिनुहोस्