Thursday, October 6

नाबालिगको पक्ष लिदा श्रद्धाञ्जली लेखियो-रेखा थापा

March 8, 2022 705

नायिका रेखा थापाले नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा आफुलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएको उल्लेख गर्दै त्यस्ता कुराले आफुहरु अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भएको बताएकी छिन । महिला दिवसका सन्दर्भमा मंगलबार राजधानीमा आयोजित सडक बहस कार्यक्रममा बोल्दै रेखाले यस्तो बताएकी हुन् ।

पल शाह प्रकरणमा नाबालिगको पक्षमा अभिब्यक्ति दिएकी रेखाले यो बिषयमा चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताएकी छिन । उनले गल्लीगल्लीमा न्यायाधीश जन्मिएको भन्दै अदालतको काम भन्दै व्यङ्ग्य समेत गरेकी छिन । उनले अगाडी थपिन – ‘महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सडक बहस’ गरेको हो । राजधानीको प्रदर्शनीमार्गस्थित सडकमा ‘महिला ः हिजो, आज र भोलि’ विषयमा सडक बहस भएको हो । तस्विरः नेपाल प्रेस

प्रतिकृया दिनुहोस्